कञ्चनपुरमा एक जना बेहोस अवस्थामा फेला

कञ्चनपुर- कञ्चनपुरमा एक जना बेहोस अवस्थामा फेला परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया स्थित कञ्चन बहुमुखी क्याम्पस अगाडि सडक किनारमा करिब ५५ वर्षीय पहिचान नखुलेका पुरुष बेहोस अवस्थामा फेला परेका हुन् ।

उनलाई गुलरिया स्वास्थ्य चौकीमा चेक जाँच गर्दा समेत स्वास्थ्यमा कुनै सुधार नआएप पछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनलाई चिन्नेहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि आफन्तलाई समेत जानकारी गराई दिन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...