कैलाली र कञ्चनपुरबाट ८ लाख बढीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट ८ लाख बढीका सामान बरामद गरिएको छ । कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-२ बालुवाघाट, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराह, भजनी नगरपालिका-५ हलौनाघाट, जोशीपुर गाउँपालिका-३ मनिकापुर र कैलारी गाउँपालिका-४ भितरिया घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ९५ हजार ५ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, गुड, प्लाष्टिक झिल्ली, खुर्सानी, नरिवल, सरफ, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

Navadurga sun

त्यसैगरि कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका-९ मटेना, भीमदत्त नगरपालिका-१० सुकासाल, भीमदत्त नगरपालिका-१२ भाइरल पुल र बेलौरी नगरपालिका-१ फटैयाबाट अन्दाजी ६ लाख ६३ हजार ६ सय ३० मूल्य बराबरको सामान बरामद गरिएको छ ।

सोही मूल्य बराबरको प्याज, चिनी, मिश्री, अचार, विभिन्न कम्पनीका क्यापसुल, माछा, मोटरसाईकल १ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ । दुबै जिल्लाबाट ८ लाख ५८ हजार ६ सय ३५ मुल्यको नियन्त्रणमा लिएको सामान सम्बिन्धित भन्सार कार्यालयमा पठाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...