कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-३ चटकपुर, धनगढी उपमहानगरपालिका-९ त्रिबेणीघाट, भजनी नगरपालिका-६ नवलपुर र जोशीपुर गाउँपालिका-२ बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६८ हजार मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको प्याज, चिनी, पानीपुरी, कुरमुरे, प्लास्टिक डोरी, सुटपिस, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...