निर्मला हत्याको तीन वर्ष : देउवामाथि छ न्याय पाउने झिनो आशा

अत्तरिया, १० साउन- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको आज तीन वर्ष पूरा भएको छ । आजकै दिन घरबाट बेपत्ता भएकी निर्मलाको शव भोलिपल्ट घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको उखुबारीमा शव भेटियो । पोष्टमार्टम रिपोर्टबाट उनको बलात्कार गरेर हत्या गरिएको रिपोर्ट आयो । घटना भएको तीन वर्ष पुगेपनि उनको हत्यारा अहिलेसम्म पत्ता लाग्ने सकेको छैन । न्यायका लागि अहिलेसम्म राज्य गम्भीर नबनेको र उल्टै अपराधी संरक्षण गरेको आराप लाग्दै आएको छ ।

Dadeldhura hospital

हत्या भएको लामो समय वितिसक्दा पनि अपराधी पत्ता लाग्न नसकेपछि उनकी आमा दुर्गादेवी पन्तले अब न्याय पाउने आशा मारिसकेकी छन् । प्रहरी प्रशासनले हत्यारा पत्ता लगाउला र न्याय पाइएला भन्ने आशा छ्रैन उनलाई । अब अन्तिम झिनो आशा छ त केवल प्रधानमन्त्री शेरबहादुर देउवामाथि। पन्त परिवारको पहाड घर पनि डडेल्धुरानै हो।

Navadurga sun
Godawari sandesh

घटना भएको सात महिनापछि प्रधानमन्त्री देउवा निर्मलाकै घर पुगेका थिए । जतिबेला उनी प्रतिपक्षमा थिए । निर्मलाको न्यायका लागि दवाव दिने ठाउँमा थिए । न्यायका लागि पार्टीपंक्तिलाई सक्रिय पनि पारेका थिए । निर्मलाको घरमै आएर देउवाले त्यतिबेला दुर्गादेवीलाई भनेका थिए, ‘निर्मलाको हत्यारालाई पत्ता लगाउन लाग्नेछौं, त्यसका लागि सरकारलाई दवाव दिन्छौं, दिइरहेका छौं ।’ काँग्रेसले निर्मलाको न्यायका लागि प्रतिपक्षमा रहेर सरकारलाई दिनुपर्ने दवाव दिएकै हो । घटनामा सरकारले गरेका कमीकमजोरी पनि औंल्याउँदै आएको थियो । तर सरकारले हत्यारा पत्ता लगाउन सकेन ।

अहिले भने देउवा आफै न्याय दिने ठाउँमा छन् । देशको प्रधानमन्त्री बनेका छन् । घरमै आएर अपराधी पत्ता लगाउन सरकारलाई दवाव दिने आश्वासन दिएका जिल्लाबासीसमेत रहेका देउवा प्रधानमन्त्री बनेको सुनेपछि दुर्गादेवीलाई न्याय पाइने झिनो आशा पलाएको छ । हुनत दुर्गादेवीलाई घटना भएदेखि अहिलेसम्म हत्यारा पत्ता लगाउने र निर्मलालाई न्याय दिने र दिलाउन पहल गर्ने भन्ने आश्वासन थुप्रैले दिएका छन् । त्यो क्रम अहिलेसम्म पनि जारी छ । यसरी आश्वासन दिनेमध्ये एक प्रधानमन्त्री देउवा पनि एक थिए ।

Loading...