


कञ्चनपुर- कञ्चनपुरबाट ७ लाख ३२ हजार मूल्यको अवैध सामान बरामद गरिएको छ । मंगलबार वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले करिब ५ लाख ९० हजार, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले करिब १ लाख ३८ हजार र इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले करिब ४ हजार गरि करिब ७ लाख ३२ हजार मूल्यको सामान बरामद गरिएको हो ।


एक थान मोटरसाइकल टि–सर्ट, लेडिज सुट, कोरा कपडा, कीटनाशक औषधी, चिनी, पेय पदार्थ लगायतका अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।





