
अत्तरिया- सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले मंगलबार नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् ।


थापालाई मंगलबार नै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् । यस अघि थापाले विना विभागीय मन्त्रीमा नबस्ने भन्दै सपथ खान मानेकी थिइन ।





