

धनगढी- कैलालीका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुर, धनगढी–७ बेली बजार, टीकापुर नगरपालिका–७ विस्णु कान्ति चोक र टीकापुुर–९ झुँगा स्थित भित्री सडक खण्डबाट भन्सार छलिको सामान बरामद गरेको छ ।



भारतबाट भन्सार छलि ल्याएका अन्दाजी २ लाख २१ हजार ४ सय ७० मूल्य बराबरको प्याज, बिडी, सुर्ती, प्लास्टिक झिल्ली, सुटपिस, सिद्रा माछा, ई– रिक्सा, मिटर बक्स, नल्काको डोल्ची, पाना बक्स, टि–सकेट, सकेट, डिटिसि वाल, खरभुजा लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।


सोमवार प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।





