कञ्चनपुरको भीमदत्तबाट चार लाख बढीको भन्सार छलिको सामान बरामद

कञ्चनपुर- कञ्चनपुरको भीमदत्तबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क र ६ नम्बर वडा ऐपुरबाट अन्दाजी चार लाख १८ हजार पाँच सय ९० मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ ।

Dadeldhura hospital

प्रहरीले ईन्जन तेल, जिम पाउण्डर, सिल्भर कडाई, फ्राईबिन, डेक्ची, चिनी, तेल, बिडी, चुरा, प्याज, गुड, पेय पदार्थ, पशु आहार लगायतका सामान बरामद गरेको हो ।

Navadurga sun
Godawari sandesh

बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

Loading...