बझाङ उपनिर्वाचनमा ८ उम्मेदवारको जमानत जफत 

बझाङ- बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंह सहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

जमानत जफत हुनेहरूमा राप्रपाका किशोर कुमार खड्का, जसपाका राम बहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपक बहादुर खड्का, जनमत पार्टीकी सुशीला देवी विष्ट, नेमकिपाका खगेन्द्र बहादुर शाही र नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगरको जमानत जफत भएको हो ।

Navadurga sun
Godawari sandesh

उक्त उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् भने कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले भने जमानत जोगाए । निर्वाचनमा जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने हुन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।’ तर निर्वाचित उम्मेदवारको हकमा भने यो कुरा लागू नहुने ऐनमा उल्लेख गरिएको छ ।

Couple
Loading...