

बझाङ- बझाङ १ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्म अग्रता कायम गरेको नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ ।



सोमबार बिहानबाट अग्रता लिएको कांग्रेसलाई पुनः पछि पार्दै एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता लिएका छन् । ताजा मतपरिणामअनुसार एमालेका भण्डारीले ९ हजार ८८९ मत प्राप्त गरेका छन् भने कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गरेका छन्।


आइतबार साँझदेखि भएको मत गणनामा एमालेले अग्रता लिएको थियो । सोमबार बिहान केहीबेर कांग्रेसले अग्रता लिए पनि पुनः एमालेले नै अग्रता लिन थालेको हो ।

