Satyawati
Division ban Pahalmanpur

डडेल्धुरा जिल्लाका एग्रोभेट पसलहरूमा अनुगमन

RBB Bank Suvakamana
Purbadhar dadeldhura

हरिश चन्द/ डडेल्धुरा १६ बैशाख- एग्रोभेट पसलहरूले किसानहरूलाई दिएको विषादी सिफारिस भन्दा बढी मात्रामा प्रयोग, नेपाल सरकारले प्रतिबन्ध लगाएका विषादिलाई बिक्री बितरण गरेको जनगुनासो गरेपछि डडेल्धुरा जिल्लामा एग्रोभेटको पसलहरूमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र कृषि ज्ञान केन्द्रको संयुक्त नेतृत्वमा डडेल्धुरा बजारमा रहेका एग्रोभेट पसलहरूमा अनुगमन गरिएको हो ।

Malpot office dadeldhura

अनुगमनको क्रममा एग्रोभेट पसलहरूमा बिभिन्न प्रकारका तरकारी को बिउबिजन र विषादी म्याद गुज्रेको भेटिएको थियो । बिभिन्न प्रकारका तरकारी बिउ भिजन र विषादी म्याद गुज्रेका औषधि पाइएको छ । जसमा लेबल नभएको नाइट्रोबेन्जिन ३० बोतल क्लोरोपाइरिस २० बोतलसाइपरमेथेन १०० बोतल जफत गरि नष्ट गरिएको छ ।

नेपाल सरकारले सिफारिस भन्दा बढी  बिक्री भएको र विषादी चरम दुरुपयोग वाट रोक्नका साथै पर्यावरणमा पनि असर पर्ने भएकोले  यसलाई नियन्त्रण गर्न अनुगमन गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख खेम राज पनेरुले बताए । 

एग्रोभेट पसल संचालन गर्नु पूर्व बीउबिजनको तालिम लिएर मात्र संचालन गर्नुपर्ने प्रावधान रहेको छ । अनुगमन समितिले बजारमा रहेका पारस एग्रोभेट एण्ड पेट हाउस साउद एग्रोभेट सेन्टर ,लक्ष्मी एग्रोभेट सेन्टर, नवदुर्गा एग्रो एण्ड सप्लायर्स लगायत एग्रोभेटमा अनुगमन गरिएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालयका, जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालय, उद्योग वाणिज्य संघ लगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...