Satyawati
Division ban Pahalmanpur

कैलालीको गोदावरीमा आजदेखि ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरिँदै

Purbadhar dadeldhura

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाका ज्येष्ठ नागरिकको आजदेखि निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ । मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य प्रर्वद्धन कार्यक्रम अन्तरगत बिहीबार (आज) देखी घर घरमै पुगेर नगरका झण्डै ९ हजार ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको हो ।

Malpot office dadeldhura

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार नगरभित्रका ८ हजार ८ सय ५९ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिने भएको हो । जस्का लागि नगरका १६ ओटै स्वास्थ्य संस्थाबाट ३२ जना स्वास्थ्यकर्मी खटाइएको छ ।

स्वास्थ्य शाखा प्रमुख अवस्थीले नसर्ने रोगलाई प्राथमिकतामा राख्दै रक्तचाप, सुगर, दम र पिसाब सम्बन्धी जाँच गरि समस्या देखिएमा औषधी पनि प्रदान गरिने बताए । त्यस्तै परीक्षणको समयमा कुनै ठुलो समस्या देखिएमा पनि उपचारको लागि स्वास्थ्य शाखाले सम्बन्धित निकाय सँग समन्वय गरिदिनेछ ।

Dadeldhura Aspatal & Ban
Loading...