गोदावरी नगरपालिका ४ को बास्कोटामा सडक निर्माण सँगै कलभर्टको शिलान्यास

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को बास्कोटा क्षेत्रमा बास्कोटा देखि खैराना, खानेपाटी ट्याङ्की हुँदै अन्य क्षेत्रमा ६.७७ किलोमिटर सडक कालोपत्रे सँगै ४ ठाउँमा कल्भर्ट निर्माण कार्य आज बाट सुरु भएको छ ।

गोदावरी नगरपालिका र संघीय सरकारको ५०-५०% रकमको आर्थिक सहयोगमा बन्दै गरेको सडक खण्डमा आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले पूजाआजा सहित शिलान्यास गरेका हुन ।

Navadurga sun

९ करोडमा ठेक्का आह्वान गरेको नगरपालिकाले बिडिङ हुँदै गर्दा ६.५ करोडमा ठेक्का प्रक्रियाबाट सडक तथा कल्भर्ट निर्माणको काम आज बाट सुरु भएको हो । जगदम्बा निर्माण सेवाले पारेको ठेक्काबाट यस क्षेत्रमा ६ हजार ७७७ मिटर ग्राभेल हुँदै कालोपत्रे र ४ ठाउँमा कल्भर्ट निर्माण गर्नु पर्ने जानकारी प्रो.प्राईटर सन्तोश जोशीले बताएका छन ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले, “चुनावको समयमा गरेका बाचाहरु लाई हामीले क्रमिक रुपमा अगाढी बढाउदै जादा पालिकाको ५०% र संघीय सरकारको ५०% बाट निर्माण कार्य सुरु भएको छ । जुन मेरो कार्यकालमा सबै ठाउँमा कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य सहित अगाडि बढेको बताएका छन ।”

त्यस्तै गरी शिलान्यास कार्यक्रममा बोल्दै वडा न. ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले भने,” यस बास्कोटा बाट जनताले मन्त्री सम्म बनाए तर उहाँहरूले विकास गर्न सकेनन, अहिले हाम्रो मेयर सापको पालामा केन्द्रमा धाउदा धाउदा केही राहात सहित यस ठाउँमा सडक निर्माणका लागि काम बन्ने भएकोले सबैले यस ठाउँको विकासमा सहयोग गरी दिन समेत आग्रह गरेका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...