Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा २ सय क्विन्टल गहुँ बोकेका ट्याक्टरका २ ट्रली फेला

Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले २०० क्विन्टल गहुँ बोकेका ट्याक्टरका २ ट्रली फेला पारेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका-८ कलकत्तामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ट्याक्टरका २ ट्रली प्रहरी टोलीले फेला पारेको हो ।

अन्दाजी १४ लाख ५० हजार मूल्यको २०० क्विन्टल गहुँ र ट्याक्टरको ट्रली २ थान मंगलबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ । उक्त गहुँ र ट्रली आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको बताइएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...