कञ्चनपुरबाट १५ लाख बढीका सामान बरामद 

कञ्चनपुर- कञ्चनपुरबाट एकै दिन १५ लाख बढीका सामान बरामद गरिएको छ । बेलौरी नगरपालिका–८ कलकत्ताबाट अवैध रुपमा भारतरबाट नेपाल ल्याउँदै गरेको १४ लाख ५० हजार मूल्यको २०० क्विन्टल गहुँ र ट्याक्टरको ट्राली २ थान इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।

त्यस्तै भीमदत्त नगरपालिका–५ सुकासाल, भीमदत्त–१७ मझगाउँ, बेलौरी नगरपालिका–१ फटैया, बेलौरी नगरपालिका–२ बैजुडाडाबन्दातालबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख ९ हजार ९ सय ८० मूल्य बराबरको प्याज, चिनी, दाल, हरियो केराउ, मोबिल, पेय पदार्थ, माछा, साइकल ३ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

जम्मा १५ लाख ५९ हजार ९ सय ८० मूल्यको गहुँ, ट्राली र सामानसहित मंगलबार नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए ।

Loading...