बझाङ प्रदेश सभा उपनिर्वाचन :  एमाले उम्मेदवार भण्डारीलाई पितृशोक

बझाङ- बझाङ प्रदेश सभा क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवार दमन बहादुर भण्डारीलाई पितृशोक परेको छ । नेकपा (एमाले) का उम्मेदवार भण्डारीका बुवा चक्र बहादुर भण्डारीको ८८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।

उप-निर्वाचनको चुनावी प्रचारका क्रममा रहेका बेला उम्मेदवार भण्डारीका बुवाको निधन भएपछि एक दिनलाइ प्रचार प्रसार स्थगित गरिएको एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले बताए ।

Loading...