Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरबाट खैरो हेरोइन सहित दुई जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट लागूऔषध खैरो हेरोइन सहित दुई युवक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–७ हल्दुखालबाट ० दशमलव २७ ग्राम अवैध लागूऔषध (खैरो हेरोइन) सहित सोही ठाउँ बस्ने २९ वर्षीय सन्तोष जाग्री र भीमदत्त नगरपालिका–३ तिलकपुरबाट ० दशमलव ९४ ग्राम खैरो हेरोइन सहित सोही ठाउँ बस्ने २७ वर्षीय निराजन बोहरालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले दुवैको साथबाट खैरो हेरोइन फेला पारी पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...