कञ्चनपुरका एक सहित १६ प्रहरी सम्पर्क विहीन

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन अवस्थामा रहेका १६ जना प्रहरीलाई ७ दिन भित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । विभिन्न मिति देखि प्रहरी हवल्दार, सहायक हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै ७ दिने सूचना निकालिएको हो ।

यसरी सम्पर्कविहीन रहेकाहरूमा एक जना कञ्चनपुरका पनि छन् । कार्यालयले तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन नआएमा सेवाबाट हटाएर कारबाही गरिने जनाएको छ ।

Loading...