अत्तरिया- कैलालीको अत्तरियामा पि. एफ. ए. भेट्रान कप को पाँचौ संस्करण आयोजना हुने भएको छ । आयोजक पि.एफ.ए क्लब ले आइतबार पत्रकार सम्मेलन को आयोजना गरेर उक्त कुरा को जानकारी दिएको हो ।
प्रतियोगिता जेठ २ देखि १२ गते सम्म संचालन हुने छ । प्रतियोगितामा ८ वटा टिम को सहभागिता रहने क्लबका महासचिव सिद्द बोहराले बताए । भेट्रान्स खेलमा ३२ वर्ष सम्म उमेर भएका नेपाली नागरिकले खेल्न पाउनेछन् । हरेक टिमले ३ जना खेलाडी अक्सन प्रणालीबाट खरिद गर्न सक्ने छन्।

प्रतियोगिताको दर्ता शुल्क ५ हजार राखिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद , ट्राफि मेडल पाउने छन् । यस्तै दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ नगद ट्रफि र मेडल पाउने छ ।
प्रतियोगिताका खेलहरु T- 20 फर्मेटमा टेनिस बलद्वारा खेलाइने प्रतियोगिताका खेल संयोजक रजत शाहीले बताए । प्रतियोगिता अन्तर्गतका खेलहरु शसस्त्र प्रहरीको खेल मैदान बनखेतमा खेलाइने आयोजकले जनाएको छ ।
