हिन्दू रक्षा मोर्चा धनगढी र विश्व हिन्दू युवा संघद्धारा बाबुराम भट्टराईको पुतला दहन

धनगढी, ८ साउन- कैलाली जिल्लाको सदरमुकाम धनगढीमा हिन्दू रक्षा मोर्चा धनगढी र विश्व हिन्दू युवा संघको संयुक्त पहलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुतला दहन गरेका छन । सनातन धर्म विरुद्ध अभिव्यक्ति दिएको भन्दै मोर्चाले डा. बाबुराम भट्टराईको शुक्रबार पुतला दहन गरेको हो ।

Navadurga sun

जसपा पार्टीका संघीय परिषद्का अध्यक्ष समेत रहेका भट्टराई विरुद्ध धनगढीमा नाराबाजी सहित जुलुस प्रदर्शन गर्दै उनको पुतला जलाएको हो । भारत युपीका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूध अर्पण गरी पूजापाठ गरिरहेको तस्बिरलाई भट्टराईले आफ्नो सोसल एकाउन्ट ट्वीटरमार्फत सेयर गर्दै हिन्दूधर्म माथि अभद्र टिप्पणी गरेका थिए। उनले गरेको टिप्पणीको चौतर्फी रूपमा हिन्दूवादी संगठनहरूले विरोध गर्दै प्रदर्शन गरेका छन् । त्यसकै क्रममा हिन्दू रक्षा मोर्चा धनगढीले पनि धनगढीमा भट्टराईविरुद्ध प्रदर्शन गर्दै उनको पुतला जलायर विरोध जनाएका हुन् ।

धनगढीको एल एन चोकमा भेला भएका हिन्दू युवाले भट्टराईविरुद्ध चर्को नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा हिन्दू युवाले धार्मिक अतिक्रमण बन्द गर, हिन्दू धर्मको अपमान गर्न पाइँदैन, बाबुराम हामीलाई चाईदैन, समाजलाई भटकाउने काम बन्द गर, खुन चढाउनेलाई दूध चढाउने को महत्व के थाहा, हिन्दू राज्य कायम गर, बाबुराम भट्टराई मुर्दाबाद, भट्टराईलाई कडा कारबाही गर्नुपर्ने लगायतको चर्को नाराबाजी गरेका थिए ।

प्रागीक विद्यार्थी परिषद् नेपालका केन्द्रीय सदस्य मणिराम चौलागाई, नेपाल विद्यार्थी संघका युवा नेता एल आर ओझा, प्रागीक विद्यार्थी परिषद् नेपालका जिल्ला सदस्य पदम विष्ट र आकाश खड्काको नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...