कञ्चनपुर- कञ्चनपुरमा एक जना ट्याक्टर चालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–५ मैनाहस्थित कलुवापुर बेलौरी सडक खण्डमा कलुवापुरबाट बेलौरी तर्फ आउँदै गरेको से २ त २२५४ नम्बरको ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
पानी ट्याङ्की जडित ट्याक्टर अनियन्त्रित भएर सडक छेउमा पल्टिन पुगेपछि लालझाडी गाउँपालिका–६ चान्देउका ३५ वर्षीय सुरेश चौधरीको शनिबार राति ट्याक्टर मुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । उनको ट्याक्टर मुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।