डोटीकी एक महिला मृत फेला

डोटी- डोटीकी एक महिला सेती नदीमा मृत फेला परेकी छन्। डोटीको शिखर नगरपालिका वडा नम्बर ११ स्थित सेती नदीमा सोही ठाउँकी अन्दाजी ७१ वर्षीया गौरी रोकाया मृत फेला परेकी प्रहरीले जनाएको छ ।

मानसिक अवस्था ठिक नरहेकी ती महिला बिहीबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...