धनगढी- कैलालीमा एक जनाको गहुँबालीमा आज (बिहीवार) आगलागी भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका ४ खर्चुवाका परशुराम चौधरीको गहुँबालीमा आगलागी भएको हो । आगलागी बाट करिब १३ कठ्ठामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।
विद्युतको तार सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको पूर्ण विवरण आएको छैन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।