कञ्चनपुर- कञ्चनपुरमा गहुँबालीमा बिहीवार आगलागी भएको छ । जिल्लाको दोधरा चाँदनी नगरपालिका ७ का विर बहादुर सुनार सहित २० जनाको गहुँबालीमा आगलागी भएको हो । दिउँसो करिब एक बजेतिर लागेको आगो २ः ३० मा नियन्त्रण लिइएको हो । आगलागी बाट करिब आठ बिघामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।
विद्युतको तार सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए । घटनाको पूर्ण विवरण आएको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।