

बझाङ- यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले बझाङ प्रदेशसभा १ र इलाम क्षेत्र नम्बर २ का लागि मतपत्र छपाई गरेर पठाइ सकेको छ । यति बेला बझाङ प्रदेशसभा १ मा ११ जना उम्मेदवारहरू र इलाम २ मा १९ जना उम्मेदवारहरू चुनावी प्रचारमा रहेका छन् ।


निर्वाचन आयोगले ती क्षेत्रमा प्रयोग हुने मतपत्रको नमुना सार्वजनिक गरेको छ । जस अनुसार यता बझाङ प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक नमुना मतपत्रमा पहिलो नम्बरमा एमाले, दोस्रोमा कांग्रेस, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा लगायतका दलहरूको चुनाव चिन्ह राखिएको छ।



इलाम क्षेत्र नम्बर २ मा मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य चिन्ह, दोस्रोमा कांग्रेसको रूख, तेस्रोमा रास्वपाको घण्टी, चौथोमा राप्रपाको हलो, पाँचौँमा जनमत पार्टीको हर्न लगायत क्रमशः अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूको चिन्ह रहेको छ ।



