अत्तरिया- कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शय्या ओसार्ने काम सुरु भएको छ।
धनगढी उपमहानगरपालिका–३ स्थित नेपाली सेनाको जिम्मामा रहेको होल्डिङ सेन्टरबाट विश्वविद्यालयले शय्या ओसार्न थालेको हो। शय्या ओसार्न धनगढी उपमहानगरपालिकाले विश्वविद्यालयलाई १० वटा टिपर उपलब्ध गराएको छ।

विश्वविद्यालयका अनुसार एउटा टिपरमा १७ वटा शय्याका दरले एक दिनमा १७० वटा शय्या ओसार्न सकिनेछ। होल्डिङ सेन्टरबाट विश्वविद्यालयमा कुल ५ सय शय्या सार्ने योजना रहेको छ।
५ सय शय्या थपिएसँगै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ८ सयभन्दा बढी शय्या उपलब्ध हुने विश्वविद्यालयले जनाएको छ।
