Satyawati
Division ban Pahalmanpur

अछामको एक घरमा आगलागी

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

अछाम- अछाममा एक घरमा आगलागी भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका–७ मार्कु खोलास्थित ६ कोठे पक्की घरमा आगलागी भएको हो । विजुलीको तार सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट घरभित्र रहेका कपडा, अन्न, भाँडावर्तन, कागजपत्र, २.५ तोला बराबरको सुन र एक लाख ५० हजार नगद समेत जलेको छ । घर र घरभित्र रहेका धन सम्पत्ति गरेर करिब ४५ लाखको क्षति भएको अनुमान गरिएको छ । प्रहरी चौकी चौखुट्टेबाट तीन जना प्रहरी टोली घटनास्थलमा पुगेको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...