Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा लागूऔषध मुद्दामा २१६ जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- विगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागूऔषध दुर्व्यसन र ओसारपसार मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म लागूऔषध चरेस र खैरो हिरोइन सहित यहाँ १२ महिला र दुई सय चार पुरुष पक्राउ परेका छन्। उनका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै तीन सय ग्राम खैरो हिरोइन र सात किलोग्राम चरेस समेत बरामद गरिएको छ।

Malpot office dadeldhura

“अभिभावकले छोराछोरीमाथि निगरानी नराख्दा सङ्गतमा परेर लागूऔषध प्रयोग र कारोबारमा लागेको पाइएको छ”, प्रहरी उपरीक्षक जोशीले भने, “प्रहरी सक्रियताले लागूऔषध कारोबारको जालो भत्किँदै छ। स्वयम् नागरिक र अभिभावक पनि यो गम्भीर विषयमा चनाखो हुनुपर्छ ।”

जिल्लाका लागूऔषधको कारोबार हुने ठाउँ र भारतबाट लुकिछिपी ल्याइने सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रहरी उपरीक्षक जोशीले बताउनु भयो । “सीमा बस्तीदेखि सदरमुकाम सम्म लागूऔषधको कारोबार देखियो”, उनले भने, “हामीले चेतनामूलक कार्यक्रम पनि गरिरहेका छौ‌।” लागूऔषध मुद्दामा पक्राउ गरेका अधिकांश युवा छन् ।

“कारागारमा ३८ प्रतिशत कैदीबन्दी लागूऔषध मुद्दाका छन्”, प्रहरी उपरीक्षक जोशीले भने, “यसको नियन्त्रणका लागि प्रहरीसँगै सामूहिक प्रयास आवश्यक छ ।” लागूऔषध ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसित पनि समन्वय गरिरहेको उनले बताए ।

त्यसैगरी विगत नौ महिनामा प्रहरीले कञ्चनपुरबाट १ सय ६० फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । यहाँका विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको ४ करोड ४२ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरको सरसामान प्रहरीले बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।  रासस

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...