प्रतिभा पुस्तकालयद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम

अत्तरिया- प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाले नयाँ वर्ष २०८१ सालको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । आइतबार प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय प्रकाश बम रहेका थिए ।

शुभकामना कार्यक्रममा प्रमुख अतिथि रहनु भएका बमले माननीयको हैसियतले आफु यस क्षेत्रको विकासका लागि परेको बताए । तर बजेटको कमीले योजनाहरू निर्माण गर्न नसकेको कुरा बताएका हुन् । प्रतिभा पुस्तकालय साहित्यिक संस्था भएकोले यसलाई सहयोग गर्नु साहित्यिक विकास गर्नु अति आवश्यक भएको बताउनु भयो । पुस्तक प्रेमीहरू तथा विद्यार्थीहरू सबैलाई यस पुस्तकालयले सहयोग गरेर सेवा पुर्याएको बताउनु भयो । यसको विकासको लागि म प्रतिबद्धता गर्दै यसको उत्थानको लागि सबैको सहयोग अनिवार्य रहेको बताए ।

Navadurga sun

कार्यक्रममा लिलाधर बास्कोटाले स्वागत गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको समापन गर्दै अध्यक्ष पुष्पराज जोशीले पुस्तकालयको प्रगतिको लागि काम गर्दै जाने पाठकहरूको कमी भएकाले पाठकहरूलाई बढाउन के गर्ने तपाईहरूको सुझाव चाहिने सुदूरपश्चिमको मात्र होइन राष्ट्रकै साहित्यिक विकास गर्न पुस्तकालयले साहित्यिक कार्यक्रमहरू गर्दै जाने हरेक वर्ष प्रतिभा मुखपत्र पनि प्रकाशित गर्ने गरेको बताए ।

विशिष्ट अतिथिहरूमा पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी पूर्व नगर प्रमुख हरिसिंह साउद गोनपा उपप्रमुख शारदा देवी रोकाया पूर्व उपप्रमुख रत्न कडायत गोनपा कार्यकारी प्रशासनिक अधिकृत हरिदत्त भट्ट नगर प्रवक्ता तथा वार्ड नं १ अध्यक्ष गोपाल दत्त भट्ट इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

पुस्तकालय समिति सदस्य हेमन्त राज जोशीले स्वागत मन्तव्य दिएको कार्यक्रमको सञ्चालन प्रतिभा पुस्तकालयका सचिव राज बहादुर कडायतले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...