कञ्चनपुरमा एक महिला करणीको सिकार, एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा एक महिला जबरजस्ती करणीको सिकार बन्न पुगेकी छिन् । २९ वर्षीया महिला जबरजस्ती करणीको सिकार बन्न पुगेकी हुन् । जबरजस्ती करणीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ । जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका–८ कलकत्ताका ४८ वर्षीय भजन रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

रानाले ती महिलालाई बुधबार दिउँसो आफ्नै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...