फेस-मास्क बनाउने तालिम सम्पन्न





प्रकाशबहादुर बोहरा
अत्तरिया, ७ साउन- युएन वमनको आर्थिक सहयोगमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीमा तालिम सम्पन्न भएको छ । तालिममा वमन एक्ट काठमाण्डौँको नेतृत्व र पौरखी नेपालको सहकार्य रहेको थियो ।






‘कोभिड-१९ को सन्दर्भमा महिलाहरुको दिगो जिविकोपार्जनमा पहुँच सवलीकरण’ परियोजना अन्र्तगत कैलाली परियोजना लक्षित धनगढी उपमहानगरपालिका वडाहरुमा बसोबास गर्ने २१ जना साना तथा मझयौला उद्यमीहरुलाई समावेश गरेर उनीहरुको बैकल्पिक आय-आर्जनका लागि फेस-मास्क बनाउने तालिम बिहीबार व्यवसायिक तथा सीप विकास तालिम केन्द्रमा सम्पन्न भएको हो । उक्त तालिम दुई दिनसम्म संचालन भएको थियो । तालिमको धनगढ़ी उप-महानगरपालिकाकी उप-प्रमुख सुशिला मिश्र भट्टले उद्घाटन गरेकी थिइन् ।

महिलाहरुलाई फेस-मास्क बनाउन आवस्यक पर्ने सुति-कपडा, फाईवर, इलास्टिक, धागो, कैंचीआदि जस्ता सामाग्रीहरु समेत निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढी कैलालीका केन्द्र प्रमुख भुवनराज पन्त लगायतको उपस्थिति रहेको थियो । तालिमहरु कैलालीको गोदावरी र गौरिगंगा नगरपालिकाहरुमा समेत शुक्रबार देखि संचालन गरिंदै लगिने परियोजनाका जिल्ला संयोजक सरिता चौधरीले जानकारी दिइन ।



