धनगढीका लागूऔषध सहित एक युवक पक्राउ

धनगढी- धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ७ देवरियाबाट १ ग्राम १६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाउँका २२ वर्षीय सेवा चौधरी बिहीवार साँझ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले  लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...