कैलालीको लम्कीचुहामा आगलागी हुँदा चार लाखको क्षति

gyan kendra dadel

धनगढी- कैलालीको लम्कीचुहामा आगलागी हुँदा चार लाखको क्षति भएको छ । लम्कीचुहा नगरपालिका ३ व्यवस्थितनगर बस्ने केशरबहादुर बि.क. को  गोठमा बिहीबार आगलागी भएको हो ।

Khanepani dadeldhura
udhok dadeldhura

आगलागी हुँदा गोठका साथै गोठमा रहेका धान भएको भकारी, काठपात, गोरुगाडा, पराल, साइकल लगायतका सामान गरि ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ajaymeru gaupalika

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको बताइएको छ । उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...