अत्तरिया- धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना भएको छ। अत्तरियादेखि धनगढी आउँदै गरेको बागमती प्रदेश ०१०२९ च १७८३ नम्बरको कारलाई पछाडिबाट सुदूरपश्चिम प्रदेश ०१००७ प ९८२५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६ लेन सडकको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।



घाईते हुनेमा मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय विक्रम राना र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २१ वर्षीय दिपेन्द्र राना रहेको प्रहरीले जनाएको छ।


घाइते दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। मोटरसाइकलको अगाडि र कारको पछाडिको भागमा क्षति पुगेको छ। कार र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।