Satyawati
Division ban Pahalmanpur

कैलालीमा फरार रहेका ३ जना पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीमा लामो समय देखि फरार रहेका तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दामा फरार रहेका धनगढी उपमहनगरपालिका-३ का जनक सिंह ऐरी र संदिप चौधरी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीले ऐरीलाई १६ हजार र चौधरीलाई २० हजार जरिवाना तोकेको थियो ।

यस्तै लागूऔषध मुद्दामा १० हजार जरिवाना तोकिएर फरार रहेका धनगढी-२ का ओम बिक्रम अधिकारी पनि पक्राउ परेका छन् । तीनै जनालाई कारबाहीका लागि अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्र सिंह बोहराले बताए । 

Dadeldhura Aspatal & Ban
Loading...