कैलालीका विभिन्न ठाउँबाट तस्करीको सामान बरामद

gyan kendra dadel
udhok dadeldhura

धनगढी- कैलालीका विभिन्न ठाउँबाट प्रहरीले तस्करीको सामान बरामद गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-४ बसपार्क, भजनी नगरपालिका-३ ठेकीपुल, भजनी-५ जुठाघाट, भजनी-६ थापापुर र भजनी-८ जनकपुरबाट भारतबाट तस्करी गरेर ल्याएको सामान बरामद गरेको छ ।

Khanepani dadeldhura

तस्करी गरेर ल्याएको अन्दाजी १ लाख ३१ हजार ८ सय मूल्य बराबरको प्याज, चिनी, मोबायलका विभिन्न सामान, बिडी, छिद्रा माछा लगायतका सामान बुधबार प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ajaymeru gaupalika
Loading...