कैलालीको मालाखेतीमा भेट्रान पेनाल्टी सुट आउट प्रतियोगिता हुने

gyan kendra dadel

अत्तरिया- कैलालीको मालाखेतीमा दोस्रो नरेन्द्र–कृष्ण स्मृति भेट्रान पेनाल्टी सुट आउट प्रतियोगिता हुने भएको छ । गोदावरी नगरपालिका-३ मालाखेतीमा रहेको माउन्ट एभरेस्ट क्लबको आयोजनामा वैशाख ५ गते देखि भेट्रान पेनाल्टी सुट आउट प्रतियोगिता हुन लागेको हो ।

Khanepani dadeldhura
udhok dadeldhura

बुधवार प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष दिपक भट्टराईले नयाँ वर्षको उपलक्ष्यमा प्रतियोगिताको आयोजना गर्न लागिएको बताएका हुन् । उनले प्रतियोगितामा २५ वटा टिमको सहभागिता रहने बताएका छन् ।

ajaymeru gaupalika

क्लबका सचिव आशिष भट्टराईले प्रतियोगितामा प्रथम हुनेलाई ३१ हजार १११ र द्वितीय हुनेले १५ हजार १११ रुपैयाँ पुरस्कार पाउने बताए । उनले प्रतियोगितामा सहभागिताका लागि ३२ वर्ष उमेर पुगेको हुनुपर्ने बताए । प्रतियोगितामा टिम इन्ट्री फी २ हजार तोकिएको आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा गोदावरी नगरपालिका रहेको छ ।

Loading...