
बैतडी- बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको पुर्चौडी नगरपालिका–४ भटना ओखडानीकी अन्दाजी २० वर्षीया रेखा भट्ट मृत फेला परेकी हुन् । पारिवारिक स्रोतका अनुसार रेखा यही चैत्र २६ गते दिउँसो देखि सम्पर्क विहीन थिइन् ।





रेखालाई आज (बुधवार) सोही वडाकै रानीवनमा तीन दिन पछि मृत अवस्थामा फेला पारेको वडा नं ४ का वडा अध्यक्ष दिल बहादुर धानुकले बताए। रेखाको गत वर्ष मात्रै बिहे भएको थियो ।




उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका बताइएको छ । मृत्युको कारण भने खुलेको छैन्, घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।