बझाङ उपनिर्वाचनका लागि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

बझाङ- बझाङमा आगामी वैशाख १५ गते हुने प्रदेशसभा निर्वाचनका लागि ११ राजनीतिक दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएसँगै ११ जनाको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन आयोगले उम्मेदवारलाई चिह्न प्रदान गरेको हो ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दमन भण्डारी, नेपाली कांग्रेसका अभिषेक बहादुर सिंह, माओवादी केन्द्रका जनक बुढा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिल बहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्का, नेपाल मजदुर किसान पार्टीका खगेन्द्र बहादुर शाही, जनमत पार्टीका सुशीला विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीका राम बहादुर जाग्री, नेसनल रिपब्लिक नेपालका कमल घर्तीमगर र राष्ट्रिय मातृभूमिका गजेन्द्र बहादुर थापालाई छुट्टाछुट्टै निर्वाचन चिह्न प्रदान गरिएको छ ।

Navadurga sun

आगामी वैशाख २ देखि उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभए सम्म उपनिर्वाचन हुने जिल्ला भित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालय मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ । बझाङमा विद्यालयहरू वैशाख १३ र १४ गते बन्द गर्न पनि आयोगले आग्रह गरेको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...