धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा

धनगढी- धनगढी जेसिजले नयाँ वर्षको अवसरमा आयोजना गर्दै आएको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका साथ आयोजना हुने दशौँ संस्करणको धनगढी हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

आगामी २०८१ बैशाख १ गते हुने हाफ म्याराथनको प्रायः अधिकांश तयारी सकिएको प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिए । २०१४ देखि नयाँ वर्षको अवसरमा आयोजना सुरु भएको धनगढी हाफ म्याराथनको दशौँ संस्करणले नेपाल एथलेटिक्सबाट स्वीकृत प्राप्त गरेको छ । यो म्याराथनमा कुनै रेकर्ड बनेमा यसका रेकर्डहरुले पनि मान्यता पाउने संयोजक शाहले जानकारी दिए ।

Navadurga sun

धनगढी हाफ म्याराथनको विजेताले नगद ६६,६६६ उपविजेताले नगद ४४,४४४ र तेस्रो हुनेले नगद ३३,३३३ प्राप्त गर्नेछन् । विजेता पुरस्कार धनगढीको निसर्ग हस्पिटल, उपविजेता पुरस्कार कैलाली उद्योग वाणिज्य संघ र तेस्रो पुरस्कार माया मेट्रो हस्पिटलले प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको धनगढी हाफ म्याराथन धनगढी रंगशाला देखि सुरु भएर सहिद गेट हुदैं गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड भएर पुनः धनगढी रंगशालामा पुगेर समापन हुने पत्रकार सम्मेलनमा धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...