कञ्चनपुरमा सशस्त्रका पूर्व वरिष्ठ हवल्दार मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालका पूर्व कर्मचारी मृत अवस्थामा फेला परेका छन् । मंगलबार सशस्त्रका पूर्व प्रहरी वरिष्ठ हवल्दार गणेश भाट मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार वेदकोट नगरपालिका- ४ का भाट घरमै झुन्डिएको अवस्थामा भेटिएका थिए। सशस्त्रबाट रिटार्यड भएका उनी केही समय अगाडिदेखि उपचारका लागि भारतमा थिए ।

Navadurga sun

हालै भारतबाट फर्किएका उनी आज मृत फेला परेका हुन् । स्रोतका अनुसार उनी पारिवारिक समस्याले समेत ग्रसित थिए । अहिले प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...