

कञ्चनपुर- कञ्चनपुरबाट हराएकी एक किशोरीको भारतबाट उद्वार गरिएको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ इमलिया घर भएकी १६ वर्षीया एक किशोरीको भारतबाट उद्धार गरिएको हो ।




उनलाई भारतको हरियानाबाट उद्वार गरिएको इलाका प्रहरी कार्यालय बेलडाडीका प्रमुख प्रहरी निरीक्षक कृष्ण कुँवरले बताए । ती किशोरी चैत २ गते घरबाटै हराएकी थिइन । खोजतलास गर्दै जाँदा उनी चैत ३ गते गड्डाचौकी नाका हुँदै भारत पसेको सूचना प्राप्त भएपछि हरियाणा पुगेर प्रहरी सहितको टोलीले किशोरीको उद्धार गरेको हो ।



