कञ्चनपुरमा अवैध काठ सहित सामुदायिक वनका सचिव पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लुकाएर राखेको अवैध काठसहित सामुदायिक वन उपभोक्ता समितिकै सचिव पक्राउ परेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरले कृष्णपुर नगरपालिका-१ को बण्डमा रहेको जगदम्बा मयुर सामुदायिक वन उपभोक्ता समितिका सचिव गोविन्द पन्तलाई अवैध काठ सहित शुक्रबार पक्राउ गरेको जनाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख भीम प्रसाद ढकालले खेतमा काठ लुकाइ छिपाइ राखेको अवस्थामा पन्तलाई पक्राउ गरिएको जानकारी दिए। पन्तले अवैध रूपमा लुकाएर राखेको ५९ क्युफिट काठ समेत बरामद गरिएको डिभिजन वन अधिकृत कडेलले बताए । अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

Navadurga sun

पन्त पक्राउ परेपछि मुद्दा मिलाउन राजनीतिक दलका केही नेताले सक्रियता देखाएका छन् । उनीहरूले डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारीहरूलाई समेत आर्थिक प्रलोभनमा पार्न प्रस्ताव नै गरेको स्रोतको दाबी छ । सो बारेमा अनुसन्धान भैरहेको जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...