

धनगढी- धनगढीबाट चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का २४ वर्षीय उमेशसिंह धामी शनिवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना सुनाएकोमा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

