कञ्चनपुरका ३ घरमा आगलागी हुँदा ६ लाख बढीको क्षति

gyan kendra dadel

कञ्चनपुर- कञ्चनपुरका ३ घरमा आगलागी हुँदा ६ लाख बढीको क्षति भएको छ । एकै दिन कञ्चनपुरको दोधारा चाँदनी, कृष्णपुर नगरपालिका र बेल्डाँडी गाउँपालिकामा आगलागी हुँदा ६ लाख ३० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

Khanepani dadeldhura
udhok dadeldhura

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ पशुपती टोलका हिरा नाथको कच्ची घरको भान्सा कोठा र गोठमा आइतबार बिहान आगलागी भएको हो । उक्त आगलागीबाट भान्सा कोठा र गोठभित्र रहेका भाँडावर्तन, लत्ताकपडा अन्नपात लगायतका सामान जलि अन्दाजी पाँच लाख बराबरको क्षति भएको छ।

ajaymeru gaupalika

आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो । कञ्चनपुर प्रहरीका अनुसार कृष्णपुर नगरपालिका-४ किचाहीमा भागरथी बिष्टको काठले बनेको गाई गोठमा आइतबार दिउँसो आगलागी भएको छ । आगलागीबाट गोठ भित्र रहेको एउटा बाख्राको जलेर मृत्यु भएको छ भने अन्दाजी ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

यस्तै, बेल्डाडी गाउँपालिका–२ चन्दन बस्तीका दले दमाईको १ तले कच्ची घरमा आगो सल्किन गई आगलागीबाट अन्दाजी ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने केही नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुस्कर राज पन्तले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Loading...