कैलालीको गोदावरीबाट ३ लाख ३८ हजारका अवैध सामान बरामद

अत्तरिया– कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीले ३ लाख ३८ हजारका अवैध सामान बरामद गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित चुट्की बजारबाट ३ लाख ३८ हजार बराबरका भन्सार छली गरेर ल्याइएका मोबाइलका टेम्पर ग्लास बरामद गरेको हो ।

Dadeldhura hospital

कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक देवराज भट्टको टोलीले कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ४ बस्ने ४० वर्षीय राम सिंह ऐरीले चलाएको से १ ह २१३० नम्बरको को अटोलाई शंका लागी चेक जाँच गर्दा भन्सार छली गरेका सामान फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बरामद गरिएको सामान, अटो र अटो चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ ।

Loading...