घोडाघोडीमा ४६० लिटर घरेलु मदिरा बरामद

Dadeldhura hospital

कैलाली- कैलालीको घोडाघोडीमा घरेलु मदिरा बरामद गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा घरेलु मदिरा बरामद गरि नष्ट गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

पहलमानपुर, सुखड र साडेपानी बजारबाट मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ सहित ४६० लिटर घरेलु मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार पालले बरामद गरेको मदिरा घोडाघोडी उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको बताए ।

Navadurga sun
Godawari sandesh
Loading...