कृष्णपुर ओदाली खोलामा अधुरो पुल निर्माण कार्यले गति लिएपछि स्थानीय हर्षित

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, ओदाल खोलामा पुल निर्माणको काम साढे सात वर्ष पनि सम्पन्न हुन सकको छैन । जनप्रतिनिधिको लगातारको दवाव पछि ७ बर्ष सम्म निर्माण कार्यले गति लिन थालेको छ । बंक–नाइल–बुडर सडक अन्तर्गत कृष्णपुर नगरपालिका १ ओदाल खोलामा पर्ने ७० मिटर लम्बाई रहेको पुल निर्माणमा चरम लापरबाही भएको छ । ७ बर्ष अघी निर्माणका लागी सम्झौता भएपनि अँझै पुल अधुरै छ ।

Ganyapdhura gau

पुल निर्माणका लागि २०७३ भदौमा थेगिम–गाल्वा जेभी सँग सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पुलका दुई स्पान मध्ये सात वर्षको अवधिमा एउटा स्पान मात्र बनेको छ । पुल नहुँदा स्थानीयले बर्खायाममा खोला तर्न निकै सास्ती खेप्नुपर्छ । चुरेको फेदी भएर बग्ने यो खोला बर्खामा उर्लने भएकाले खोला पारिका बस्तीका बासिन्दालाई वारि र वारिको बस्तीका बासिन्दालाई पारि जान समस्या हुने गरेको स्थानीय बताउँछन । खोलाको उत्तरतिर चुरे नजिक पर्ने सुन्दरीफाँटा र पहरिया गरी दुई गाउँ छन । यी दुई बस्तीलाई खोलावारि जोड्ने अरु विकल्प छैन ।

Navadurga sun

स्थानीय इश्वर बुढाले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरेका छन् । ढिलै भए पनि अहिले निर्माण कार्य सुरु भएको हुँदा यस पालीको बर्खामा पुलमा हिड्न पाउनेमा बुढा ढुक्क छन् । खोला पारि बोर्डिङ र वारि मावि तहसम्मको सरकारी स्कुल भएकाले दैनिक खोला तरेर विद्यालय जाने विद्यार्थीको संख्या धेरै रहेको उनले बताए । ‘बर्खामा खोलामा बाढी धेरै आउँछ, वारिपारि जान सकिँदैन,’ उनले भने, ‘उपचार नपाएर मान्छेका जीवन गइरहेको छ ।’ हरेक बर्खामा ज्यान जोखिममा पारेर आवतजावत गर्नु परिरहेको उनले बताए । पुल नहुँदा बर्खामा बाढी आएको वेला खोला तारेर बिरामीलाई अस्पताल पुर्याउन समस्या हुने गरेको छ । बिरामी, सुत्केरी, सर्पले टोकेका बिरामीलाई अस्पताल पुर्याउन सकिँदैन ।

Dadhaldhura pur

पुल नहुँदा बिरामीलाई समयमै अस्पताल पुर्याउन नसकेर ज्यान गुमाउनुपर्ने अवस्था छ । गाउँबाट खोलापारि रहेको पहरिया गाउँको स्कुलमा अध्ययनका लागि जाने विद्यार्थीले खोला तर्न सास्ती खेप्नु परेको स्थानीय बताउँछन । स्थानीयका अनुसार गाउँमा निमावि तहसम्मको मात्र विद्यालय रहेकाले माथिल्लो तह अध्ययन गर्न विद्यार्थी पारि जाने गरेका छन । पुल नभएकै कारण ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वासमा स्थानीय रहेका छन । खोलापारि बोर्डिङ र वारि मावि तहसम्मको सरकारी स्कुल भएकाले दैनिक खोला तरेर विद्यालय जाने विद्यार्थीको संख्या धेरै रहेको छ ।

कृष्णपुर– १, पहरियाका मंगुराम भुलले पुल नहुँदा बर्खामा बाढी आएको वेला खोला तारेर बिरामीलाई अस्पताल पुर्याउन समस्या हुने गरेको बताए । ‘बिरामी, सुत्केरी, सर्पले टोकेका बिरामीलाई अस्पताल पुर्याउन सकिँदैन । हामी खोलापारि जान पाउँदैनौँ,’ उनले दुःखेसो सुनाए, ‘पुल नहुँदा बिरामीलाई समयमै अस्पताल पुर्याउन नसकेर ज्यान गुमाउनुपर्ने अवस्था छ । अहिले प्रदेश सांसद ओम भाट ज्युले निकै पहल गरेपछि पुलको अर्को स्पान बन्न थालेको छ आशा छ अब हामी चाँडै पुल तर्न पाउने छौँ ।’ सोही क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाटले जनप्रतिनिधिका हैसियतले निर्माण कम्पनीलाई काम गर्न पटक–पटक आग्रह गरेपछि बल्ल अर्को स्पान निर्माण शुरु भएको छ ।

भाटले आफु निर्वाचित भएपछि पटक–पटक गरेको ताकेतापछि मात्रै पुलको काम अगाडी बढेको बताए । उनले पुलको काम बजेट अभावले भन्दापनि ठेकेदारको लापरवाहीले अलपत्र रहेको बताए । सडक डिभिजन कार्यालयलाई कार्वाही अगाडि बढाउन निर्देशन दिएपछि बल्ल ठेकेदारले काम थालेको बताउँदै भाटले वर्षात शुरु हुनु अघी पुल सञ्चालन गराउने तयारी रहेको दावी गरे ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पाँच करोड ४७ लाख रुपैयाँ लागत रहेको पुलको लम्बाइ ७० मिटर छ । सुरुको सम्झौताअनुसार एक वर्षमा काम सक्नुपर्ने भए पनि सात वर्षको अवधिमा करिब ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...