कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाममा गएराती मोटरसाइकल लाई ठक्कर दिएर भागेको ट्याक्टर अझै फेला परेको छैन ।
हरियो रंगको तर नम्बर खुल्न नसकेको ट्याक्टर, गए राती साढे १० बजेतिर कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका २६ वर्षीय महेश सिह कार्कीले चलाई रहेको म २ प ३५३८ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएर भागेको थियो ।
ट्याक्टरले ठक्कर दिएपछि महेश कार्की र मोटरसाइकल पछाडि बसेका १५ वर्षका विराट कार्की घाईते भएका छन । महेशको खुट्टा तीन ठाउँमा भाँचिएको छ भने उनको दाँया हात पनि भाँचिएको छ । पछाडि बसेका विराट कार्कीको पनि दायाँ हात भाँचिएको आफन्त कासि सिह विष्टले बताए ।
थ्रेसर बोकेर गई रहेको ट्याक्टर चालकले अनियन्त्रित भएर चलाई रहेको र ठक्कर दिएपछि भागेको घाईतेहरुले बताएका छन । महेश कार्की, उल्टा खाममा रहेको आफ्नो फुपुको घरमा खाना खाएर फुपुको छोरा विराटसँगै बागफाटा स्थित आफ्नो घर फर्कि रहेका बेला दुर्घटना भएको हो । घाईते दुबै जनालाई सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ ।