Satyawati
Division ban Pahalmanpur

अन्तरप्रदेशीय राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बिदाई

Purbadhar dadeldhura

धनगढी- बाग्मती प्रदेशको चितवनमा हुन गई रहेको अन्तरप्रदेशीय राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमका खेलाडीहरूलाई बिदाई गरिएको छ ।

Malpot office dadeldhura

शनिवार सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य सचिव दिपक बहादुर सिंहले खेलाडीहरूलाई बिदाई गरेका हुन । धनगढीको कवर्ड हलमा आयोजित औपचारिक कार्यक्रममा सदस्य सचिव सिंहले विभिन्न नौ वटा खेलमा सहभागी हुने २ सय ३३ जना खेलाडीलाई अबिर सहित खादा लगाएर बिदाई गरे ।

उनले खेलमा अनुशासित भई सुदूरपश्चिमको गरिमा कायम गर्न पनि खेलाडीलाई निर्देशन दिए । प्रतियोगिताको चितवनमा प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा ७ वटै प्रदेशका खेलाडीहरूको सहभागिता रहने छ ।

Dadeldhura Aspatal & Ban
Loading...